२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । जेन–जी समूहको नेतृत्व गर्दैै आएका जेन–वाई सुदन गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । आफूहरूसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै जेन–जीको अगुवा दाबी गर्ने जेन–वाई सुदन गुरूङ समूहले प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन र नाराबाजी गरेको हो ।
नाराबाजीका क्रममा उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामासमेत मागेका छन् । अर्थात् भन्दै २७ गते राति राष्ट्रपति भवन शितल निवासमा अन्तरिम प्रधानमन्त्री कार्कीले शपथ लिएपछिको बधाई भेटमा गुरुङले कार्कीलाई खुट्टामा ढोगेर शुभकामना लिएका थिए ।
अहिले तिनै गुरुङले तीन दिनपछि नै कार्कीको राजीनामा मागेका छन् । उनले आक्रोशित मुद्रामा भनेका थिए, ‘‘हामी फेरि सडकमा आयौं भने कसैले रोक्न सक्दैन । जुन ठाउँमा हामीले राखेका छौं । त्यहीँबाट थुतेर निकाल्छौं । ‘ओमप्रकाश अर्याल, लयर उनले आफैँ गृहमन्त्री बनाउँदा रहेछन्, भित्र बसेर ।’ उनले आन्दोलनका घाइते, मृतककासमेत आफन्त लिएर प्रदर्शन गर्न गएका थिए ।
जनहितका विभिन्न सरोकारका मुद्दामा कानूनी लडाइँ लड्दै आएका अर्यालले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनी काठमाडौं महानगरपालिकाका कानूनी सल्लाहकार पनि हुन् ।
प्रधानमन्त्री कार्कीलाई फागुन २१ गते निर्वाचन गर्ने म्यान्डेट छ । तर आन्दोलनबाटै आएका सुदन गुरुङले आशीर्वाद लिएको तीन दिनमै कार्कीको राजीनामा मागेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij