Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

जेनजी आन्दोलनमा स्टाटस लेख्ने पर्वतका वडाध्यक्ष पक्राउ

जेनजी आन्दोलनमा स्टाटस लेख्ने पर्वतका वडाध्यक्ष पक्राउ


  • 1.1K
    Shares

    जेनजी आन्दोलनमा स्टाटस लेख्ने पर्वतका वडाध्यक्ष पक्राउ
    images

    काठमाडौं । जेनजी आन्दोलनकारीले निजी तथा सरकारी संरचना तोडफोड तथा आगजनी गरिरहेका बेला स्टाटस लेखेर भड्काउन खोजेको आरोपमा पर्वतका एक वडाध्यक्ष पक्राउ परेका छन् ।

    आगजनी भइरहेका बेला स्टाटस लेखेर आन्दोलनकारीलाई थप उत्तेजित बनाउने कार्य गरेको आरोपमा पर्वत फलेवास नगरपालिका- ४ का वडाध्यक्ष अच्युत तिवारीलाई प्रहरीले पक्राउ गरेको हो ।

    आन्दोलनकारीलाई भड्काउँदै पर्वतका प्रहरी प्रमुख डीएसपी रविन विष्ट समेतलाई कारबाही हुने बताएका वडाध्यक्ष तिवारीलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ विरुद्धको कसुरमा मुद्दा अगाडि बढाइएको हो ।

    तिवारीले पर्वतका बालुवा तस्कर, उनको संरक्षण गर्ने र कारबाहीका लागि उजुरी दिँदा नलिने पर्वत प्रहरी प्रमुख डीएसपी विष्टसमेतलाई जेनजीले कारबाही गर्ने आशा लिएको फेसबुकमा स्टाटस लेखेका थिए ।

    स्टाटस लेखेकै आधारमा डीएसपीको नाम लिएकाले प्रतिशोध साँधेर पक्राउ गरी साइबर अपराधको मुद्दा लगाइएको भन्दै नेपाली कांग्रेसका नेताहरूले तिवारीलाई छाड्न दबाब दिइरहेका छन् । प्रहरीले यही स्टाटसलाई आधार बनाएर पक्राउ गरी साइबर अपराधको मुद्दा अगाडि बढाएको छ ।

    WhatsApp-Image-2025-09-15-at-09.01.59-1-627x1024.jpeg

     

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - १६:१२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij