Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

जापानिज इन्सेफ्लाइटिसबाट पाँचजनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट पाँचजनाको मृत्यु


  • 911
    Shares

    जापानिज इन्सेफ्लाइटिसबाट पाँचजनाको मृत्यु
    images

    काठमाडौं । चितवन जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण पाँचजनाको मृत्यु भएको छ । संक्रमित १६ जनामध्ये उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका आनुसार पछिल्लोपटक भदौ २३ गते एकजनाको मृत्यु भएको थियो । 

    कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार मृत्यु हुनेमा राप्ति नगरपालिकाका ४२ वर्षीया महिला रहेकी छन् । जिल्लामा यसअघि मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२२ का ७० वर्षीय वृद्ध, कालिका नगरपालिका-५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका-१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका-१२ की ८१ वर्षीया वृद्धा रहेका थिए । 

    उनीहरुको साउनयता मृत्यु भएको हो । गत आर्थिक वर्षमा चितवनमा देखिएका तीनजना संक्रमितमध्ये एकजनाको मृत्यु भएको थियो ।

    जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका व्यक्तिमा देखिएको छ ।

    यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । यो लामखुट्टे घरबाहिर बस्न रुचाउने, घरबाहिर नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्छ । 

    यो लामखुट्टेले सुँगुर, बंगुर, हाँसजस्ता पशुपक्षीलाई टोक्यो भने सर्छ । धानखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गरेको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए । 

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - १३:००:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij