Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

नवनियुक्त तिन मन्त्रीको शपथ कार्यक्रम सुरु हुने तयारीमा

नवनियुक्त तिन मन्त्रीको शपथ कार्यक्रम सुरु हुने तयारीमा


  • 855
    Shares

    नवनियुक्त  तिन मन्त्रीको शपथ कार्यक्रम सुरु  हुने तयारीमा
    images

    काठमाडौं । भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेको शीतल निवासको प्राङ्गणमा सोमबार मन्त्रीहरूको शपथ सुरु हुन लागेको छ । 

    शीतल निवासको प्राङ्गणमा टेन्ट टाँगेर शपथग्रहणका लागि मञ्च बनाइएको छ । मञ्चको पृष्ठभूमिमा आगजनीबाट जलेको केही भाग समेत देखिएको छ । यस्तै मञ्चमा सामान्य कार्पेट बिछ्याइएको छ । 

    यसअघि शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण कार्यक्रम भने शीतलनिवासभित्रको सानो कोठामा गरिएको थियो । आज भने बाहिरै टेन्ट टाँगेर मञ्च बनाइएको छ । 

    आज अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल, ऊर्जामन्त्रीको रूपमा कुलमान घिसिङ र गृह र कानुन मन्त्रीका रूपमा ओमप्रकाश अर्यालको शपथ हुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । 

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - ११:५५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij