Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

नारायणकाजीले सामाजिक सञ्जालमार्फत दिए प्रधानमन्त्री कार्कीलाई यस्तो सुझाव

नारायणकाजीले सामाजिक सञ्जालमार्फत दिए प्रधानमन्त्री कार्कीलाई यस्तो सुझाव


  • 820
    Shares

    नारायणकाजीले सामाजिक सञ्जालमार्फत दिए प्रधानमन्त्री कार्कीलाई यस्तो सुझाव
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जालमार्फत सुझाव दिएका छन् ।

    श्रेष्ठले कार्की प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै फोन सम्पर्क गर्ने प्रयास गरे पनि सफल नभएपछि सामाजिक सञ्जालबाट सुझाव दिनुपरेको बताएका हुन् । 

    उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै दलभन्दा बाहिरका क्षमतावान् व्यक्तिलाई समेटेर चाँडोभन्दा चाँडो मन्त्रिपरिषद्लाई पूर्णता दिन तथा सम्पूर्ण ध्यान मुलुकमा शान्ति सुव्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्न सुझाव दिएका छन् । 

    ‘मैले बधाई र शुभकामना यसअघि नै सार्वजनिक गरिसकेको छु । तर प्रत्यक्ष सम्पर्क हुन नसकेपछि यो सामाजिक सञ्जालमार्फत सुझाव दिन चाहन्छु ।’ उनले लेखेका सुझावहरु यस्ता छन् ।

    एक ,तपाईँले छिटो राजनीतिक दलहरू भन्दा बाहिरका स्वतन्त्र, निष्ठावान् ,देशभक्त , स्वच्छ एवं क्षमतावान् व्यक्तिहरूलाई  मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस् ।

    दुई , तपाईँले सम्पूर्ण ध्यान मुलुकमा शान्ति सुव्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्नुहोस् । 

    तीन , भाद्र २३ गते र भाद्र २४ गतेको घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूमाथि कारबाही गर्नुस् ।

    चार , ध्वंस गरिएका संरचनाहरूको पुनः निर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया सुरुवात गरियोस् ।

    पाँच , भ्रष्टाचार विरुद्ध हाम्रो सरकारले थालेका कारबाही हरूलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाइयोस् ।

    छ, प्रतिनिधिसभा नरहेको अवस्थामा सङ्घीय संसद्को भूमिका राष्ट्रियसभाले खेल्ने भएकाले संसद्को आवश्यक भूमिका राष्ट्रियसभामार्फत गर्न ध्यान दिइयोस् ।

     

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - ११:२३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij