२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा.रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् ।
बालुवाटार निकट स्रोतका अनुसार, उनले निजी सुरक्षागार्ड, सवारीसाधन लगायत सुविधा नलिने शर्त राखेरै मन्त्री पद स्विकार गरेका हुन् । खनालले तलब बाहेक अरु केही पनि सुविधा नलिने भएको बालुवाटार स्रोतले बताएका छन् ।
खनाल केही समयअघि सरकारी खर्च कटौतीबारे सुझाव दिने समितिको नेतृत्वमा थिए । सार्वजनिक प्रशासन सुधार र मितव्ययी खर्चको वकालत गर्दै आएका खनाल इमान्दार छवि बनाएका पूर्वसचिवका रुपमा चिनिन्छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij