Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

बझाङ कारागारबाट फरार कैदी भीरबाट खसेर गम्भीर घाइते

बझाङ कारागारबाट फरार कैदी भीरबाट खसेर गम्भीर घाइते


  • 750
    Shares

    बझाङ कारागारबाट फरार कैदी भीरबाट खसेर गम्भीर घाइते
    images

    काठमाडौं । बझाङ कारागारबाट भागेका एक कैदी प्रहरीको नियन्त्रणमा आउनबाट जोगिन भीरबाट हाम फालेर गम्भीर घाइते भएका छन्। घाइते हुनेमा जाजरकोटका २८ वर्षीय रोहित सुनार रहेका छन्। 

    जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी खगेन्द्रप्रसाद धमलाका अनुसार सुनारलाई बझाङको बित्थडचिर गाउँपालिका क्षेत्रबाट पक्राउ गर्ने प्रयासका क्रममा उनले झन्डै ३ सय मिटर अग्लो भीरबाट हाम फालेका थिए। यस क्रममा उनको ढाड र घाँटीमा गम्भीर चोट लागेको छ।

    सुनारलाई हाल सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका लागि भर्ना गरिएको छ। उनको अवस्था गम्भीर रहेको र शल्यक्रिया गर्नुपर्ने भएको प्रहरीले जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - १०:०२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij