२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तीन जना मन्त्रीको नाम फाइनल गरेकी छन्। शुक्रबारदेखि गृहकार्य थालेर आइतबारसम्ममा ती तीन जनाको नाम टुंगो लगाइएको हो।
प्रधानमन्त्री कार्यालयका एक सचिवका अनुसार, कुलमान घिसिङलाई ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। यस्तै कानुन तथा गृहमन्त्रीमा ओम प्रकाश अर्याल र अर्थमन्त्रीमा रामेश्वर खनालको नाम फाइनल भएको प्रधानमन्त्री कार्यालयका ती सचिवले जानकारी दिए।
ती सचिवका अनुसार, तीनै जना मन्त्रीहरूको शपथ सोमबार हुने तय भएको छ। प्रधानमन्त्री कार्कीले आजै पदभार ग्रहण गरेपछि मन्त्रीहरूको नाम टुंग्याउन लामो कसरत गरेकी थिइन्। घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्। अर्याल काठमाडौं महानगरपालिकाका पूर्व कानुनी सल्लाहकार हुन्। रामेश्वर खनाल भने पूर्व अर्थसचिव हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij