२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । जेनजी प्रदर्शनको कारण केही दिन रोकिएको नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार सरकारले भुक्तानी प्रणाली आजैदेखि सुचारु गरेको हो ।
उनले असहज परिस्थित हुँदा रोकिएको भुक्तानी प्रणाली आज देखि भुक्तानी दिन थालिएको जानकारी दिएको छ । सरकारको भुक्तानी सुचारु भएसँगै सरकारको ढुकुटीबाट तलब-भत्ता पाउने सबै कर्मचारीले दसैँ अगाडि नै तलब–भत्ता पाउने अवस्था बनेको छ ।
उनका अनुसार आइतबारदेखि राजस्व सङ्कलनको काम पनि सुचारु भएको छ । आन्दोलनबाट क्षति भएका राजश्व कार्यालयहरू मध्ये धेरैजसो भन्सार कार्यालयहरू सञ्चालनमा आएको बताएका छन् ।
अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा जेनजी आन्दोलनकारीले तोडफोड गरेका थिए भने चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा आंशिक क्षति भएको मन्त्रालयले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij