Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

२५ वर्षीय नरेशले प्राण त्याग्नुअघि नाम लिएका ४ जना प्रकाउ

२५ वर्षीय नरेशले प्राण त्याग्नुअघि नाम लिएका ४ जना प्रकाउ


  • 1.9K
    Shares

    २५ वर्षीय नरेशले प्राण त्याग्नुअघि नाम लिएका ४ जना प्रकाउ
    images

    काठमाडौं । कञ्चनपुरमा एक युवकले आफूलाई जेनजी भनेर कुटपिट गरिएको भन्दै प्राण त्याग्नुअघि नाम लिएका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहरा अनुसार, पक्राउ पर्नेमा खेम बोहरा, अमर बोहरा, जनक धानुक र भोजराज पन्त रहेका छन्।

    शनिबार कञ्चनपुरको वेदकोट नगरपालिका-४, बैतडा २५ वर्षीय नरेश धानुकले सामाजिक सञ्जालमा लाइभ गर्दै आफ्नो प्राण त्यागेका थिए। आत्महत्या गर्नुअघि उनले आफूलाई जेनजी भन्दै नांगै पारेर कुटपिट गरिएको दाबी गरेका थिए भने केही व्यक्तिको नाम लिँदै आत्महत्या गर्न बाध्य भएको उनले बताएका थिए।

    मृतककी दिदी हिरा धानुक रावलले पनि राति साढे १० बजेतिर जेनजी भन्दै रक्सी पिलाएर कुटपिट गर्दै आत्महत्या गर्न बाध्य बनाइएको दाबी गरेकी छन्। पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा ४ जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - १६:४४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij