Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

२४ वटा शवको पोस्टमार्टम सकियो, १९ शव आफन्तले बुझिसके, ७ शव पूर्ण जलेको अवस्थामा

२४ वटा शवको पोस्टमार्टम सकियो, १९ शव आफन्तले बुझिसके, ७ शव पूर्ण जलेको अवस्थामा


  • 1.5K
    Shares

    २४ वटा शवको पोस्टमार्टम सकियो, १९ शव आफन्तले बुझिसके, ७ शव पूर्ण जलेको अवस्थामा
    images

    काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु भएका २४ वटा शवको पोस्टमार्टम भएको छ । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा अहिले ४६ वटा शव पुगेका छन् । २४  शवको पोस्टमार्टम भइसकेका मध्ये १९ शव आफन्तले बुझिसकेका छन् ।

    यी शव काठमाडौं उपत्याका मात्रै हुन् । फोरेसिन्सक विभागका प्रमुख डा। गोपाल चौधरीका अनुसार ७ वटाको शव पूर्ण रुपमा जलेको अवस्थामा रहेका छन् ।

    ‘चुच्चेपाटीको भाटभटेनीबाट नै सात वटा शव आएका छन् । जुन कंकालको अवस्थामा छन्,’ डा. चौधरीले भने, ‘उनिहरू पोस्टमार्टम गर्नका लागि लामो समय लाग्छ ।’ डा.चौधरीका अनुसार अन्य शवको पोस्टमार्टम गरेपछि आगजानीमा परेका शवको पोस्टमार्टम गरिने भएको छ ।

    सबभन्दा पहिले त मृतकको उचाइ, तौल, शरीरमा भएको दाग वा ट्याटुका आधारमा शव पहिचान गरिन्छ । तर, यसरी पत्ता नलागेमा मृतकको पहिचान खुलाउने तीन आधार हुन्छ-फिंगरप्रिन्ट डेन्टल एक्जामिनेसन र डीएनए परीक्षण ।

    डा. चौधरीका अनुसार केही शव अत्यधिक जलेका कारण डीएनए टेष्ट पनि गर्नुपर्ने हुनसक्छ भने ‘सात शव जलेर नचिनिने अवस्थामा रहेका छन् । 

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - १५:४३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij