२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । नेपालमा जेनजीको आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच दिनपछि खुलेको छ । भारतीय सीमासुरक्षा बल (एसएसबी) ले गड्डाचौकी सीमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पाँच दिनपछि भारतीय पक्षले नेपाल-भारत मैत्री बस नेपाल प्रवेश गर्न दिएको छ भने गड्डाचौकीस्थित-७ नम्बर पिल्लरसम्म यातायातसमेत सञ्चालनमा आएको छ ।
‘यसअघि शारदा ब्यारेजसम्म मात्रै यातायात सञ्चालन भएका थिए आज नाकासम्मै यातायात सञ्चलनमा आएका छन्’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले भने, ‘नेपाल-भारत मैत्री बस नेपाल भित्रिएका छन् ।’
आजदेखि भारतीय सीमासुरक्षा बलले नेपाली नागरिकलाई नेपाली परिचयपत्र देखाएर भारत प्रवेश गर्न दिएको छ । गत बुधबारदेखि भारतीय सीमासुरक्षा बलले नेपालीलाई भारत प्रवेशमा रोक लगाएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij