Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मकवानपुरमा श्रीमानलाई बाँधेर सुत्केरीमाथि बलात्कार

मकवानपुरमा श्रीमानलाई बाँधेर सुत्केरीमाथि बलात्कार


  • 2.5K
    Shares

    • images
    मकवानपुरमा श्रीमानलाई बाँधेर सुत्केरीमाथि बलात्कार

    काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरीमाथि बलात्कार भएको छ । शुक्रबार बेलुका राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा करिब २४ वर्षीया महिलामाथि बलात्कार भएको हो ।

    आर्थिक अवस्था कमजोर भएको परिवारकी महिलालाई एक अपरिचित व्यक्ति घरमै पुगेर बलात्कार गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् । अध्यक्ष मल्लले भने, ‘आफूमाथि बलात्कार गरेको भनेर पीडित महिलाले हामीलाई भनेकी हुन’,।

    प्रष्टसँग बोल्नसमेत नसक्ने उनका श्रीमानलाई बाँधेर श्रीमतीलाई बलात्कार गरेको अध्यक्ष मल्लले बताएका  छन् भने महिलासहित परिवार प्लास्टिकले ओत लगाइएको छाप्रोमा बस्दै आएका थिए ।

    गाउँपालिकाले पीडित परिवारलाई आज बिहान हेटौंडास्थित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएको छ । पीडित महिलाको महिला तथा बालबालिका सेवा केन्द्रमा परामर्श भइरहेको अध्यक्ष मल्लले बताएका छन् । घटनापछि स्थानीय प्रहरीलाई खबर गर्दा प्रहरी पनि घटनास्थल जान डराएको समेत उनले बताएका छन् ।

     

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - १३:२२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij