Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

भैरहवा भन्सार कार्यालयले टेन्ट टाँगेर गर्‍यो काम सुरु

भैरहवा भन्सार कार्यालयले टेन्ट टाँगेर गर्‍यो काम सुरु


  • 631
    Shares

    भैरहवा भन्सार कार्यालयले टेन्ट टाँगेर गर्‍यो  काम सुरु
    images

    काठमाडौं । जेनजी आन्दोलनपछि आगजनी र तोडफोडबाट क्षति बेहोरेको भैरहवा भन्सार कार्यालयले अस्थायी संरचना बनाएर सेवा सञ्चालन सुरु गरेको छ ।कार्यालय भवनमा क्षति भएपछि कर्मचारीहरूले टेन्ट (पाल) टाँगेर जाँचपास लगायतका काम सुरु गरेका हुन् ।

    आन्दोलनका क्रममा भदौ २४ गते भन्सार कार्यालयको यात्री कक्ष, प्रशासनिक भवन र वाणिज्य बैँकको भवन जलेका थिए । बन्द भएको भैरहवा भन्सार कार्यालयले अत्यावश्यक बस्तुको आयात र निर्यात सुचारु गर्न टेन्ट टाँगेर काम सुरु गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र चौधरी बताए ।

    उनले भने, ‘अहिले भन्सार जाँचपासको काम हामीले टेन्ट टाँगेर सुरु  गरेका छौँ । अन्य प्रशासनिक काम सुरु गर्न केही समय लाग्ला ।’ भैरहवा भन्सार कार्यालयको कार्यालय भवन क्षतिसँगै कागजपत्र पनि जलेका छन् । अब प्रमुख जिल्ला अधिकारीसँग छलफल प्रशासनिक काम कसरी सञ्चालन गर्ने भन्नेबारे निष्कर्षमा पुगिने सूचना अधिकारी चौधरीले बताए ।

    भन्सार कार्यालयले यसअघि डिजिटल प्रविधिबाट सेवा प्रवाह गर्दै आए पनि ती संरचना नष्ट भएका कारण अहिले म्यानुअल भए पनि जाँचपासको काम भइरहेको छ । खासगरी यहाँबाट अहिले ग्यास बोकेका बुलेट लगायत अत्यावश्यक सामग्री भित्रिन थालेका छन् ।

     

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - १२:४५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij