Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दशैंको अग्रिम टिकट बुकिङ खोल्ने तयारी, आज सरोकारवालाबीच छलफल हुँदै

दशैंको अग्रिम टिकट बुकिङ खोल्ने तयारी, आज सरोकारवालाबीच छलफल हुँदै


  • 967
    Shares

    • images
    दशैंको अग्रिम टिकट बुकिङ खोल्ने तयारी, आज सरोकारवालाबीच छलफल हुँदै

    काठमाडौं । दशैंका लागि काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज सरोकारवालाबीच छलफल हुँदै छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायतसँग छलफल गरी अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल गर्न लागिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले सरकारले दशैंको अग्रिम टिकट बुकिङको विषयमा छलफल गर्न आज दिउँसो बोलाएको बताए ।

    ‘दशैं नजिकिएकाले अग्रिम टिकट बुकिङ कहिलेबाट खोल्ने भनेर सरकारले छलफलमा बोलाएको छ,’ सिटौलाले भने, ‘वर्षाको अवस्था, शान्ति सुरक्षाको अवस्था सबै विश्लेषण गरेर आवश्यक निर्णय हुन्छ ।’

    उनका अनुसार जेनजी युवाको प्रदर्शनको क्रममा भएको हिंसा, तोडफोड, आगजनी र लुटपाटपछि लागेको कर्फ्यु हट्दै गए पनि शान्ति सुरक्षाको अवस्थामा यातायात व्यवसायीमा अझै संशय बाँकी नै छ । यदि सुरक्षित र यात्रुमैत्री वातावरणको ग्यारेन्टी भए अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवसायीहरु तयार छन् ।

    यस वर्षको दशैंको टीका असोज १६ गते परेको छ ।

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - ०८:५४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij