Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

संसद् विघटनको निर्णय फिर्ता लिन राष्ट्रपतिलाई ८ दलको आग्रह

संसद् विघटनको निर्णय फिर्ता लिन राष्ट्रपतिलाई ८ दलको आग्रह


  • 1.6K
    Shares

    संसद् विघटनको निर्णय फिर्ता लिन राष्ट्रपतिलाई ८ दलको आग्रह
    images

    काठमाडौं । आठ राजनीतिक दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग संसद् विघटनको निर्णय फिर्ता लिएर जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न माग गरेका छन् ।

    आठ दलले शनिबार संयुक्त वक्तव्य जारी गरेर संसद् विघटनको निर्णयले जनताको मताधिकारको अवमूल्यन हुनुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार भएको बताएका छन् ।

    जननिर्वाचित संस्था प्रतिनिधि सभालाई विघटन गरिएको भनिएको कार्य नेपालको संविधानको धारा ७६ को उपधारा ९७०, सर्वोच्च अदालतबाट प्रतिपादन भएका नजीर तथा सिद्धान्तहरू र नेपालको संवैधानिक परम्पराविपरित रहेको उनीहरूको ठहर छ ।

    ‘यस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको छ । तसर्थ, प्रतिनिधि सभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिई तत्काल संसद् बैठक बोलाइ जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गर्दछौँ,’ आठै दलका प्रमुख सचेतकहरू द्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ ।

    प्रेस विज्ञप्ति

    मिति २०८२ भाद्र २३ र २४ गते भएको जेन–जी समूहको प्रदर्शनका क्रममा ज्यान गुमाउनु हुने सबैप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

    साथै, सो क्रममा भएको जनधनको क्षतिका सम्बन्धमा छानबिन गरी सो कार्यमा संलग्नलाई कानूनबमोजिम कारबाही गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदछौँ ।

    मिति २०८२ भदौ २७ गते राती वर्तमान प्रतिनिधि सभा विघटन गरिएको भनि राष्ट्रपति कार्यालयवाट जारी भएको विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण र असहमति रहेको छ ।

    नेपालको संविधान तथा प्रचलित कानूनबमोजिम सुसाशनको माग राखेर भएको आन्दोलनको मर्मविपरित अलोकतान्त्रिक तथा असंवैधानिक ढङ्गले संसद् छलेर सडकबाट सरकार गठन र प्रतिनिधि सभाको विघटन गरिएको छ ।

    लोकतान्त्रिक र कानूनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र कानूनबमोजिम हुनुपर्ने र सबै निकायहरू संविधान र कानूनबमोजिम सञ्चालन हुनु पर्दछ भन्ने कुरामा हाम्रो अटल विश्वास रहेको छ ।

    नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्र र संविधान सभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानविपरितका कदमलाई कुनै पनि मूल्यमा स्वीकार गर्न सकिँदैन ।

    जननिर्वाचित संस्था प्रतिनिधि सभालाई विघटन गरिएको भनिएको कार्य नेपालको संविधानको धारा ७६ को उपधारा ९७०, सर्वोच्च अदालतबाट प्रतिपादन भएका नजीर तथा सिद्धान्तहरू एवं नेपालको संवैधानिक परम्पराविपरित रहेको छ ।

    यस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको छ । तसर्थ, प्रतिनिधि सभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिई तत्काल संसद् बैठक बोलाइ जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गर्दछौँ ।

    – श्यामकुमार घिमिरे (प्रमुख सचेतक नेपाली कांग्रेस, संसदीय दल)
    – महेशकुमार बतौला (प्रमुख सचेतक नेकपा (एमाले), संसदीय दल)
    – हितराज पाण्डे (प्रमुख सचेतक नेकपा (माओवादी केन्द्र), संसदीय दल)

    – मेटमणी चौधरी (प्रमुख सचेतक नेकपा (एकीकृत समाजवादी), संसदीय दल)
    – बिरेन्द्रप्रसाद महतो (प्रमुख सचेतक जनता समाजवादी पार्टी, संसदीय दल)
    – अनिता देवी (प्रमुख सचेतक जनमत पार्टी, संसदीय दल)
    – रामप्रकाश चौधरी (प्रमुख सचेतक लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल संसदीय दल)
    -रञ्जिता श्रेष्ठ (अध्यक्ष नागरिक उन्मुक्ति पार्टी)

    प्रकाशित मिति :भाद्र २८ २०८२ शनिवार - १८:१०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij