२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौँ । शंकास्पद कागजात लिएर जेन-जी प्रदर्शनको मौका छोपी जेलबाट बाहिर निस्किएका रवि लामिछाने फेरि जेल फर्कने भएका छन् । लामिछाने सहकारी ठगीमा अदालतको आदेशले पुर्पक्षमा बसिरहेका कैदी हुन् ।
गत मङ्गबार (भदौ २६ गते) जेन-जी प्रदर्शन क्रममा पार्टीकै नेताहरू सङ्लग्न भीडले नख्खु कारागार घेरेको मौका छोपी लामिछाने जेलबाट हिँडेका थिए ।
लामिछानेले जेलबाट निस्किएपछि २६ कारागार र सुधार गृहहरूमा तोडफोड गर्दै झण्डै १५ हजार कैदीबन्दी भागेका थिए ।
नागरिक तहबाट चर्को आलोचना भएपछि र नख्खु कारागार प्रशासनले तत्काल सम्पर्कमा आउन निर्देशन दिएपछि लामिछाने जेल फर्कन लागेका हुन् । फरार भएका कैदीबन्दीलाई सम्पर्कमा आउन नख्खु कारागार प्रशासनले शुक्रबार सूचना जारी गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij