Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

आज कस्तो रहला देशभरको मौसम ? कहाँ कहाँ पर्दैछ पानी?

आज कस्तो रहला देशभरको मौसम ? कहाँ कहाँ पर्दैछ पानी?


  • 589
    Shares

    आज कस्तो रहला देशभरको मौसम ? कहाँ कहाँ पर्दैछ पानी?
    images

    काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।

    आज बिहान कोशी र बागमती प्रदेशका पहाडका थोरै स्थानहरूमा साथै गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र  कर्णाली  प्रदेशका एक–दुई स्थानमा स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

    प्रकाशित मिति :भाद्र २८ २०८२ शनिवार - ०८:१२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij