Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

रविसहितका कैदीबन्दीलाई कारागार फर्कन नक्खु कारागारले जारी गर्यो यस्तो सूचना

रविसहितका कैदीबन्दीलाई कारागार फर्कन नक्खु कारागारले जारी गर्यो यस्तो सूचना


  • 393
    Shares

    रविसहितका कैदीबन्दीलाई कारागार फर्कन नक्खु कारागारले जारी गर्यो यस्तो सूचना
    images

    काठमाडौँ। ललितपुरस्थित नक्खु कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा कारागार परिसरबाट फरार भएका कैदीबन्दीलाई थुनामा फर्कन अनुरोध गरेको छ।

    जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि रास्वपा सभापति रवि लामिछानेसहितका कैदीबन्दीहरु उक्त कारागारबाट बाहिरिएका थिए । लामिछानेले आफूलाई कारागार प्रशासनले प्रक्रिया पूरा गरेर छाडेको दाबी गरेका थिए ।

    “भाद्र २४ गते नक्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरू (थुनुवा र कैदी) लाई यस कारागार प्रशासनको आधिकारिक सम्पर्कमा अविलम्ब उपस्थित भई प्रचलित कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न यसै सार्वजनिक अपीलमार्फत् हार्दिक अनुरोध गर्दछौँ,” कारागारको सूचनामा भनिएको छ।

    कारागारबाट बाहिरिएका कतिपय कैदीबन्दी अहिले सम्पर्कमा आइसकेको बताइएको छ। कारागार नफर्किए थप सजाय हुन सक्ने र कारागार प्रशासनले दिन सक्ने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनः स्थापना प्रक्रियामा समेत असर पर्न सक्ने चेतावनी सूचनामा दिइएको छ।

    “विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पुर्‍याउन सम्पूर्ण फरार कैदीबन्दीहरूलाई यसै सूचनामार्फत् औपचारिक रूपमा अपील गरिन्छ,” सूचनामा भनिएको छ।

    सम्पर्क हुन नआउने बन्दीलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुनबमोजिम सजाय हुने चेतावनी दिइएको छ।

    प्रकाशित मिति :भाद्र २७ २०८२ शुक्रवार - १७:५२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij