Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

जलिरहेको भाटभटेनीमा ४ जनाको शव भेटियो

जलिरहेको भाटभटेनीमा ४ जनाको शव भेटियो


  • 715
    Shares

    जलिरहेको भाटभटेनीमा ४ जनाको शव भेटियो
    images

    विराटनगर। जेनजीको आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको भाटभटेनी सुपरमार्केटको धरान शाखामा चारजनाको शव फेला परेको छ ।

    मंगलबार अराजक समूहले लगाएको आगो अझै निभेको छैन। शुक्रबार दिउँसो दोस्रो तल्लामा एउटा र तेस्रो तल्लामा तीन जनाको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुका अनुसार जलेको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छैन ।

    उनका अनुसार भेटिएको शव आगलागी भएको भाटभटेनीमा लुटपाट गर्न गएकाहरुको रहेको आशंका छ। शव पूर्णरूपमा जलेका कारण लिंग छुट्टिएको छैन ।

    मंगलबार राति तोडफोड र लुटपाटको क्रममा भाटभटेनीभित्र केही व्यक्ती फसेको हल्ला चलेको थियो। मृतकको पहिचान गर्ने प्रयास भइरहेको जबेगुले जानकारी दिए।

    प्रकाशित मिति :भाद्र २७ २०८२ शुक्रवार - १७:३९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij