Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गभर्नर पौडेलले गरे बैंकर र व्यवसायीसँग छलफल, क्षतिबारे सोधपुछ

गभर्नर पौडेलले गरे बैंकर र व्यवसायीसँग छलफल, क्षतिबारे सोधपुछ


  • 925
    Shares

    • images
    गभर्नर पौडेलले गरे बैंकर र व्यवसायीसँग छलफल, क्षतिबारे सोधपुछ

    काठमाडौं । जेनजी आन्दोलनले असर गरेका बैंक तथा वित्तीय संस्थाहरुको विवरण राष्ट्र बैंकले संकलन गर्न थालेको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा भएको भौतिक क्षतिबारे अध्ययन सुरु गरेको हो।

    आन्दोलनकारीले भैँसेपाटीस्थित घर जलाउँदा आफैँ घरविहीन भएका राष्ट बैंकका गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरुसँग क्षतिको विवरण संकलन गर्ने तथा वित्तीय संस्थाहरु तथा उद्योगहरुलाई सहजतापूर्वक सञ्चालन गर्न सहजीकरण गर्न थालेका हुन्।

    बैंकका प्रवक्ता किरण पण्डितका अनुसार आन्तरिक रुपमा राष्ट्र बैंकले क्षतिको विवरण निकालिरहेको छ। यसै सन्दर्भमा गभर्नर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरुलाई भेटेर क्षतिबारे सोधपुछ गरेका छन्। 

    उनले शुक्रबार बैंकर्स संघका प्रतिनिधि र उद्योगीहरुसँग बसेर घटनाको असरबारे बुझेका हुन्। 

    बैंकर्स संघले भने २४ गतेको घटनाबाट ६५ वटा बैंक शाखा तथा एक्सटेन्सन काउन्टरमा क्षति पुगेको विवरण निकालेको थियो। जसमा ४० वटा एक्सटेन्सन काउन्टरमा क्षति पुगेको र २५ वटा शाखा कार्यालयमा क्षति पुगेको उल्लेख गरेको छ। 

    संघका अनुसार जेनजी प्रदर्शनमा ४५ वटा एटीएम तोडफोड भएको छ। भ्रष्टाचारविरुद्धको जेनजीले असोज २३ गतेको आन्दोलन हिंस्रक् बनेपछि त्यसको भोलिपल्ट निजी तथा सरकारी कार्यालहरुमा तोडफोड तथा आगजनी गरिएको थियो। 

    यसले सयौँ व्यावसायिक भवनसँगै बैंक तथा वित्तीय संस्थाहरुमा आगजनी र लुटपाट भएको थियो।

    प्रकाशित मिति :भाद्र २७ २०८२ शुक्रवार - १७:२०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij