२०८२ भाद्र २७ गते शुक्रवार
काठमाडौं । जेनजी प्रदर्शनमा भएको सीसाजन्य फोहर काठमाडौं महानगरपालिकाले सङ्कलन नगर्ने भएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै सीसाजन्य फोहर सङ्कलन नगरिने जनाएको हो ।
गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनका क्रममा ध्वस्त भएका संरचनाहरूबाट निस्किएका सीसाजन्य फोहर महानगरले सङ्कलन नगर्ने जारी सूचनामा उल्लेख गरिएको छ ।
यी फोहरहरूलाई छुट्टै सङ्कलन गरी आफ्नै घरको कम्पाउण्ड वा कार्यालयको परिसरभित्र सुरक्षित रूपमा राख्न समेत महानगरले आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij