Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

सुन तस्करीमा जेल परेको र जोनजी आन्दोलनमा फरार रहेका गोरे जेल फर्किए

सुन तस्करीमा जेल परेको र जोनजी आन्दोलनमा फरार रहेका गोरे जेल फर्किए


  • 386
    Shares

    सुन तस्करीमा जेल परेको र जोनजी आन्दोलनमा फरार रहेका गोरे जेल फर्किए
    images

    जेन-जी आन्दोलनका क्रममा जेलबाट फरार रहेका चुडामणि उप्रेती (गोरे) जेल फर्किएका छन् ।  

    गोरे सुन तस्करीमा संलग्न व्यक्ति हुन् । उनी जेन-जीको आन्दोलनका क्रममा मंगलबार जेलबाट भागेका थिए । गृह प्रशासनले जेलबाट फरार रहेका सबै कैदीबन्दीलाई कारागार फर्कन उर्दी जारी गरेसँगै गोरे फरार भएको तेस्रो दिन सुन्धारास्थित केन्द्रीय कारागार आएका हुन् ।  

    उनीसँगै फरार भएका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी भने सम्पर्कविहीन छन् ।  

    प्रशासनले कारागार नफर्किए कानुन अनुसार सशक्त कारबाही गर्ने चेतावनी दिएको छ।

    प्रकाशित मिति :भाद्र २७ २०८२ शुक्रवार - १६:२५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij