२०८२ भाद्र २७ गते शुक्रवार
काठमाडौं । देशको एकमात्रै गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले अवकाश पाउने भएका छन्। थापाले भोलि २८ भदौको राति १२ बजेबाट अनिवार्य अवकाश पाउने भएका हुन् ।
आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर थापा भोलि अवकाशमा जाने भएसँगै मुख्य अनुसन्धान निर्देशक पद रिक्त हुने भएको छ । जेनजीको आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । यतिबेला देश शून्य अवस्थामा रहेको छ ।
गुप्तचर प्रमुख मन्त्रिपरिषद्ले नियुक्त गर्नुपर्ने हुन्छ । भोलिसम्म प्रधानमन्त्री नियुक्त नभएको अवस्थामा के हुने भन्ने अन्योल छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij