२०८२ भाद्र २७ गते शुक्रवार
काठमाडौं । देशभरका २६ वटा कारागारबाट भागेकामध्ये साढे ११ हजार कैदीबन्दी अझै फरार भएका छन् ।
कारागारबाट भागेकामध्ये केही कैदीबन्दी कारागार फर्किए पनि अझै ११ हजार ४६१ कैदीबन्दी फरार नै रहेको कारागार व्यवस्थापन विभागका निर्देशक चामेन्द्र न्यौपानेले बताएका छन् ।
२६ कारागारबाट १२ हजार ८१७ र बाल सुधार गृहबाट ९६२ गरी १३ हजार ७७९ कैदीबन्दी फरार भएका थिए भने ति मध्ये पक्राउ र आफैं फर्कनेको संख्या २ हजार ३१८ रहेको न्यौपानेले बताएका छन् ।
जेनजीको आन्दोलन उग्र बनेपछि २४ भदौमा कारागार तोडफोड र आगजनी गर्दै कैदीहरू फरार भएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij