Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नक्खु कारागारबाट फरार भएका कैदीबन्दीहरुलाई अविलम्ब सम्पर्कमा आउन प्रशासनको अपिल

नक्खु कारागारबाट फरार भएका कैदीबन्दीहरुलाई अविलम्ब सम्पर्कमा आउन प्रशासनको अपिल


  • 1.1K
    Shares

    • images
    नक्खु कारागारबाट फरार भएका कैदीबन्दीहरुलाई अविलम्ब सम्पर्कमा आउन प्रशासनको अपिल

    काठमाडौं । ललितपुरको नक्खु कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएकाहरुलाई अविलम्व सम्पर्कमा आउन अनुरोध गरेको छ । कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न कारागार प्रशासनले सार्वजनिक अपिलसमेत गरेका छन् ।

    जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि रास्वपा सभापति रवि लामिछानेसहितका कैदीबन्दीहरु नक्खु जेलबाट बाहिरिएका थिए ।लामिछानेले आफूलाई कारागार प्रशासनले प्रक्रिया पूरा गरेर छाडेको दाबी गरेका छन् ।

    तर नक्खु कारागार प्रशासनले नै सूचना जारी गरी नक्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरु र कैदीलाई सम्पर्कमा आउन भनेको छ । यदि नआएमा फरार अवस्थाको निरन्तरता हुने र कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने चेतावनी प्रशासनले दिएको छ ।

     

    प्रकाशित मिति :भाद्र २७ २०८२ शुक्रवार - १४:३४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij