२०८२ भाद्र २७ गते शुक्रवार
काठमाडौं । डडेलधुरा कारागारबाट भागेका ६१ कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार कारागार तोडफोड गरेर भागेका ८५ कैदीबन्दीमध्ये ६१ जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीले नियन्त्रणमा लिएर कारागारमा राखेको छ।
जिल्ला प्रहरी कार्यालय, डडेलधुराका अनुसार अहिले कारागारमा १ सय ३ कैदीबन्दी रहेका छन्। यस्तै अन्य जिल्ला कारागारबाट भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिएर डडेलधुरा प्रहरीले सम्बन्धित जिल्लामा पठाएको छ।
डोटीको बाल सुधार गृहबाट फरार भएका २ जनालाई पक्राउ गरेर जिप्रका कैलालीको बाल निगरानी कक्षमा राखिएको छ। कञ्चनपुर कारागारबाट भागेका एक कैदीलाई पनि पक्राउ गरिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij