२०८२ भाद्र २७ गते शुक्रवार
काठमाडौं । चन्द्रागिरिस्थित विशाल ग्रुपको गोदाममा मृत भेटिएको शवको सनाखत भएको छ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते चन्द्रागिरि नगरपालिका वडा नम्बर-५ स्थित गोदाममा आगजनी भएको थियो ।
आगजनीमा परेर मृत भेटिएका व्यक्ति चन्द्रागिरि घर भएका ४० वर्षीय महेन्द्र परियार रहेको पुष्टि भएको प्रहरी वृत्त थानकोटका एकजना अधिकृतले बताएका छन् ।
परिवारले शव सनाखत गरेका छन् । बिहीबार उनको शव जेलेको अवस्थामा भेटिएको थियो । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij