Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सुर्खेतको एक होटलमा प्रहरीको छापा, ६० हजार नगदसहित ७ जना पक्राउ

सुर्खेतको एक होटलमा प्रहरीको छापा, ६० हजार नगदसहित ७ जना पक्राउ


  • 1.0K
    Shares

    • images
    सुर्खेतको एक होटलमा प्रहरीको छापा, ६० हजार नगदसहित ७ जना पक्राउ

    काठमाडौं । सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका-६ स्थित एक होटलबाट जुवातास खेलिरहेका सात जनालाई नगद ६० हजार रुपैयाँसहित पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा देवेन्द्र अधिकारी, धर्म भण्डारी, तिलक प्रसाद पौडेल, गणेश खड्का,टेक बहादुर गिरी, रवीन्द्र थापा र तेजराम पाण्डे रहेका छन् । 

    ‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले दिएको जानकारी अनुसार बिहीबार साँझ ७ बजेको समयमा वीरेन्द्रनगर-६ बस्ने सन्देश रावतले सञ्चालन गरेको टास्किङ होटलुमा जुवातास भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको छ। 

    प्रकाशित मिति :भाद्र २७ २०८२ शुक्रवार - १०:३७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij