२०८२ भाद्र २७ गते शुक्रवार
काठमाडौं । रामेछापमा शुक्रबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखेर प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शुक्रबार दिनभर निषेधाज्ञा जारी गरेका हुन् ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार लागू भएको निषेधाज्ञाअनुसार जिल्लाभर प्रदर्शन, जुलुस, हुलदंगा, घेराउ वा पाँचजनाभन्दा बढी व्यक्तिहरू भेला भएर विरोधका कार्यक्रम गर्न रोक लगाइएको छ ।
यसअघि बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म जिल्लाका केही क्षेत्रलाई लक्षित गरेर निषेधाज्ञा तथा कर्फ्यु आदेश जारी गरिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij