२०८२ भाद्र २७ गते शुक्रवार
काठमाडौं । इण्डोनेसियाको बाली टापु र पूर्वी नुसा तेङ्गारा प्रान्तमा केही दिनदेखि आएको बाढीले कम्तिमा १९ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।
राष्ट्रिय खोज तथा उद्धार एजेन्सीको बाली कार्यालयका प्रवक्ता गुस्ती आयु केतुत विजयन्तीले बताएअनुसार अचानक आएको बाढीले टापुमा १३ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । धेरै क्षेत्रमा बाढी र १८ वटा पहिरो गएको पनि रिपोर्ट गरिएको छ ।
देशको मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिक एजेन्सीले मंगलवार र बुधवारको बीचमा बालीको केही भागमा १५० मिलिमिटरसम्म वर्षा भएको र हप्ताभरि भारी वर्षा जारी रहने चेतावनी दिएको छ । पूर्वी नुसा तेङ्गारा प्रान्तमा बाढीले घर र खेतबारीमा क्षति पु¥याएको छ ।
प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सीको आपतकालीन एकाइका प्रमुख ग्यास्पर लोसा मनिसाले बाढीका कारण छ जनाको मृत्यु भएको र चार जना बेपत्ता भएको बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij