२०८२ भाद्र २७ गते शुक्रवार
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर जनजीवन सामान्य बन्दै गएको छ ।
आन्दोलनपछि नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको हो । नेपाली सेनाले कफ्र्यु खुकुलो बनाएसँगै पसलहरुबाट सामान खरिद गर्न, अत्यावश्यकका काममा घर बाहिर मानिसहरु निस्किएका छन् ।
बिहान ६ बजेदेखि ११ बजेसम्म हिँडडुलका लागि वातावरण मिलाएको सेनाले ११ बजेपछि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउने भएको छ । काठमाडौंमा बिहान मानिसहरु आवश्यक कामका लागि बाहिर निस्किएका छन् ।
बेलुका ५ बजेदेखि ७ बजेसम्म आवतजावतका लागि निषेधाज्ञा केही खुकुलो बनाउने बताएको छ । नेपाली सेनाले सुरक्षाकर्मी, सञ्चारकर्मी, चिकित्सक, सरकारी कर्मचारीहरुलाई परिचय पत्र हेरेर आवतजावत गर्न दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij