२०८२ भाद्र २६ गते बिहिवार
काठमाडौं । जेनजी आन्दोलनको नाममा आगजनी, तोडफोड र लुटपाटपछि देश लगभग राज्यविहीन अवस्थामा हुँदा आन्दोलन आह्वानकर्ताबीच नै विवाद बढ्न थालेको छ ।
यसैक्रममा सैनिक मुख्यालयमा भेला भएका जेनजी जेनजीहरूबीच नै कुटाकुट भएको हो । अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूहसमूहले छुट्टाछुट्टै नाम अघि सार्दा उनीहरूबीच नै कुटाकुट भएको छ ।
विवाद बढ्दै गएपछि एक समूहले अर्को समूहकाहरूलाई भकुरिरहेको छ भने हर्क साम्पाङलाई बनाउन नहुने भन्दै विरोध गरेपछि साम्पाङका समर्थकले कुटपिट गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij