२०८२ भाद्र २६ गते बिहिवार
काठमाडौं । चन्द्रागिरि स्थित विशाल ग्रुपको गोदाममा शव भेटिएको छ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा चन्द्रागिरि नगरपालिका वडा नम्बर-५ स्थित सो गोदाममा आगजनी भएको थियो ।
गोदाममा जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले बताएका छन् भने शवको पहिचान खुलेको छैन ।
उक्त शव पोस्टमार्टम गर्न प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij