Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

काठमाडौं विमानस्थलमा यात्रुको भीड

काठमाडौं विमानस्थलमा यात्रुको भीड


  • 351
    Shares

    काठमाडौं  विमानस्थलमा यात्रुको भीड
    images

    काठमाडौं । जेनजी आन्दोलनका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेसँगै हवाई यात्रुको चाप बढेको छ । अहिले आन्तरिक टर्मिनल तर्फ यात्रुको भीड बढी छ ।

    सडक मार्ग बन्द भएका कारण हवाई यात्राको चाप बढेको हो । यता अन्तर्राष्ट्रिय तर्फ पनि यात्रुको चाप बढेको छ । तर केही यात्रु भने अलपत्र परेका छन् । वैदेशिक रोजगारीमा जाने यात्रुहरू टिकट नआएकोले अलपत्र परेका हुन् ।

    “हिजो रातीको फ्लाइटको लागि विमानस्थल आएको थिएँ तर क्यान्सिल भयो भनेका छन् । कम्पनीबाट अर्को टिकट आएको छैन र यहाँका एअरलाइन्स अफिसले पनि केही खबर दिएका छैनन्” एक यात्रुले भने ।

     

    प्रकाशित मिति :भाद्र २६ २०८२ बिहिवार - १३:११:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij