Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु सम्बन्धी नयाँ आदेश जारी, यस्तो छ समयतालिका

मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु सम्बन्धी नयाँ आदेश जारी, यस्तो छ समयतालिका


  • 288
    Shares

    मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु सम्बन्धी नयाँ आदेश जारी,  यस्तो छ समयतालिका
    images

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाको सुरक्षा स्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा तथा कर्फ्यु सम्बन्धी नयाँ आदेश जारी गरेको छ।

    आज बिहीबार एक सूचना जारी गर्दै प्रशासनले नागरिकको जनधनको सुरक्षा र जनजीवनलाई सामान्यीकरण गर्ने उद्देश्यले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम अर्को आदेश जारी नभएसम्मका लागि समय तालिका सार्वजनिक गरेको हो।

    प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा हस्ताक्षरित सूचना अनुसार, जिल्लामा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म पूर्ण रूपमा कर्फ्यु लागू हुने भएको छ। 

    त्यसैगरी, बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ भने सो अवधिमा पनि अनावश्यक जमघट र भिडभाड गर्न पाइने छैन। प्रशासनले अत्यावश्यक कामका लागि आवतजावत गर्न निश्चित समय छुट्टाएको छ। जसअनुसार, नागरिकले बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि आवतजावत गर्न सक्नेछन्।

    unnamed

    प्रकाशित मिति :भाद्र २६ २०८२ बिहिवार - १२:२६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij