Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

निषेधाज्ञाकै बीच २ बजेसम्मका लागि खुले बैंक

निषेधाज्ञाकै बीच २ बजेसम्मका लागि खुले बैंक


  • 519
    Shares

    निषेधाज्ञाकै बीच २ बजेसम्मका  लागि खुले बैंक
    images

    काठमाडौं । वाणिज्य बैंकहरूले आज दिउँसो २ बजेसम्म बैंक खोलेर सेवा दिने भएका छन्। 

    भदौ २३ र २४ गतेको अन्दोलनपछि मुलुकभर अवस्था सामान्यिकरण हुन नसकिरहेकोले पनि दिउँसो दुई बजेसम्म सीमित स्थानबाट सेवा दिने भएको हो।

    बैंकहरूलाई काठमाडौंमा तीन वटा, भक्तपूर र ललितपूरमा दुईरदुई वटा शाखा खोल्न नेपाल बैंकर्स एशोसिएशनले परिपत्र गरेको छ। राष्ट्र बैंकले पनि बैंकहरूलाई अत्यावश्यक सेवा खुला गर्न निर्देशन दिएको छ। 

    राष्ट्र बैंकले सीमित कर्मचारीबाट आफ्ना सीमित संवेदनशील प्रणाली सञ्चालन गरि अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सुचारु गर्न भनेको हो। 

    वित्त कम्पनीहरूले भने अवस्था हेरेर साँझ पाँच बजेसम्म बैंकिङ कार्यालय खुला रहने बताएका छन्। एटिएम सेवा भने निरन्तर खुला हुने बैंकहरूले उल्लेख गरेका छन्।

    प्रकाशित मिति :भाद्र २६ २०८२ बिहिवार - १२:११:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij