Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

रामेछाप कारागारबाट कैदीबन्दी भाग्ने प्रयास, गोली चल्दा २ जनाको मृत्यु

रामेछाप कारागारबाट कैदीबन्दी भाग्ने प्रयास, गोली चल्दा २ जनाको मृत्यु


  • 519
    Shares

    रामेछाप कारागारबाट कैदीबन्दी भाग्ने प्रयास, गोली चल्दा २ जनाको मृत्यु
    images

    काठमाडौं । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ ।

    बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिएका छन् ।

    एकजना कैदी गम्भीर छन्  ।  अन्य १० जना पनि घाइते भएको थापाले बताएका छन् । ‘सम्झाउँदा बुझाउँदा पनि नमानेर बलजफ्ती निस्कन र नाबाजीसहित जेल तोडेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउन पर्‍यो’, प्रमुख जिल्ला अधिकारी थापाले भने ।

    घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भइरहकोछ । अहिले कारागार नियन्त्रणमा लिइसकेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिएका छन् ।

    कारागारमा महिला १६ तथा पुरुष ३१८ गरी ३३४ जना कैदी थिए ।

     

    प्रकाशित मिति :भाद्र २६ २०८२ बिहिवार - ०९:४७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij