Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कारागारबाट भागेका कैदीद्वारा महिलामाथि बलात्कार प्रयास, पुनः पक्राउ

कारागारबाट भागेका कैदीद्वारा महिलामाथि बलात्कार प्रयास, पुनः पक्राउ


  • 1.3K
    Shares

    • images
    कारागारबाट भागेका कैदीद्वारा महिलामाथि बलात्कार प्रयास, पुनः पक्राउ

    काठमाडौं । कञ्चनपुर कारागारबाट भागेका एक कैदीबन्दी महिलामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ परेका छन्। 

    पक्राउ पर्नेमा दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दिपक सुनार रहेका छन्। बुधबार दोधाराचाँदनी नगरपालिका–२ स्थित एक घरमा प्रवेश गरी महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा सुनारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक जगतगाहा मगरले बताए। 

    ‘स्थानीयले कारागारबाट भागेर आएको बताएका छन्, यो पुष्टि गर्न बाँकी छ,’ उनले भने, ‘कारागार कार्यालयसँग बुझ्छौं।’ 

    स्थानीयवासीका अनुसार मंगलबार राति उनी कारागारबाट भागेका थिए। २ वर्षअघिबाट उनी जबरजस्ती करणी मुद्दामा जेल सजाय भोगिरहेका थिए।

    प्रकाशित मिति :भाद्र २५ २०८२ बुधवार - १७:०८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij