Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

प्रदर्शनकारीले लगाएको आगोमा पोखरामा एकजना महिलाको मृत्यु

प्रदर्शनकारीले लगाएको आगोमा पोखरामा एकजना महिलाको मृत्यु


  • 680
    Shares

    प्रदर्शनकारीले लगाएको आगोमा पोखरामा एकजना महिलाको मृत्यु
    images

    काठमाडौं । जेनजीले आन्दोलनको क्रममा लगाइदिएको आगोमा डढेर पोखरामा एक महिलाको मृत्यु भएको छ। 

    आन्दोलनकारीले हिजो गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापा र उनका  भाइको नयाँबजारमा रहेको घरमा आगजनी गरेका थिए। त्यही आगोमा परेर घरमा काम गर्ने एक महिलाको निधन भएको हो। 

    मन्त्री थापाको घरमै कार्यालय राखेका पत्रकार सुरज श्रेष्ठका अनुसार उनको शव भर्‍याङनेर भेटिएको हो। ती महिला अन्दाजी ४० वर्षकी रहेकी र आगो लागेपछि भाग्ने क्रममा उनी भर्‍याङनेर लडेको हुन सक्ने उनले बताए। हतारमा उनी त्यहाँ भए नभएको कसैलाई याद नभएको पनि सुरजको भनाइ छ। 

    अहिले एउटा जलेको शवको फोटो सामाजिक सन्जालमा भाइरल भएको छ। अहिले पोखराको बजार क्षेत्रमा सेना खटिएको छ। हिजो जलेका संरचनाहरु सफाइ चलिरहेको छ। 

    प्रकाशित मिति :भाद्र २५ २०८२ बुधवार - १२:२८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij