Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज देशका अधिकांश भागमा बदली हुने, केही स्थानमा मध्यम वर्षाको सम्भावना

आज देशका अधिकांश भागमा बदली हुने, केही स्थानमा मध्यम वर्षाको सम्भावना


  • 1.0K
    Shares

    • images
    आज देशका अधिकांश भागमा बदली हुने, केही स्थानमा मध्यम वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशभर मनसुनको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको बताएको छ।

    आज दिउँसो देशका अधिकांश भागमा साधारणतया बदली हुनेछ भने राति देशभर साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

    कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

    प्रकाशित मिति :भाद्र २५ २०८२ बुधवार - ०८:५९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij