२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गर्न लागिएको हो ।
अहिले आकासमा रहेका जहाजलाई अवतरण गर्न दिने र थप उडानहरू नहुने गरी विमानस्थल बन्द गर्न लागिएको ती अधिकारीले जानकारी दिएका छन् ।
अहिले विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij