Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हट्यो सामाजिक सञ्जालको प्रतिबन्ध, प्रधानमन्त्री असन्तुष्ट

हट्यो सामाजिक सञ्जालको प्रतिबन्ध, प्रधानमन्त्री असन्तुष्ट


  • 1.3K
    Shares

    • images
    हट्यो सामाजिक सञ्जालको प्रतिबन्ध, प्रधानमन्त्री असन्तुष्ट

    काठमाडौं । सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद बैठकपछि सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा गरिएको हो ।

    मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको प्रतिबन्ध हटाउने मन्त्रीहरुको प्रस्तावमा असहमति जनाएका थिए ।

    विदेशी कम्पनीहरुले नेपाललाई हेपेको बताउँदै ओलीले यसलाई राष्ट्रिय स्वाभिमानसँग जोड्नुपर्ने र नागरिकले पनि यो कुरा बुझ्नुपर्ने बताएका थिए । यसै विषयलाई लिएर कांग्रेसका केही मन्त्रीहरुले ओलीसँग विवादसमेत गरेका थिए ।

    बैठकपछि सरकारका प्रवक्ता एवं सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भने ‘सामाजिक सञ्जाल शुरु भइसक्यो ।’ दर्ताका लागि ताकेता गर्दा ‘तेरो देशमा भ्रष्टाचार छ, त्यसैले सूचीकरण हुँदैनौं’ भनेर सामाजिक सञ्जालका सञ्चालकहरुले जवाफ दिएको मन्त्री गुरुङको भनाइ छ ।

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - ०६:५५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij