Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

एनआईसी एशिया बैंक र सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

एनआईसी एशिया बैंक र सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता


  • 281
    Shares

    एनआईसी एशिया बैंक र सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता
    images

    काठमाडौं । एनआईसी एशिया बैंक र सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको हो । 

    यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले बुटबलमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    यस बैंकका ग्राहक महानुभावहरुले उक्त हस्पिटलमा Admission Charge, OT Charge, Lab Charge, Medicine / Pharmacy   जस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

    यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । 

    उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

     

     

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १७:५२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij