Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बलप्रयोगले समस्या सुल्झिँदैन, आजको आवश्यकता सुशासन र समृद्धि: नारायणकाजी श्रेष्ठ

बलप्रयोगले समस्या सुल्झिँदैन, आजको आवश्यकता सुशासन र समृद्धि: नारायणकाजी श्रेष्ठ


  • 1.5K
    Shares

    • images
    बलप्रयोगले समस्या सुल्झिँदैन, आजको आवश्यकता सुशासन र समृद्धि:  नारायणकाजी श्रेष्ठ

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हाल देशभरि भइरहेको जेन जी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र प्रहरी प्रशासनको गोलीप्रहारप्रति दुःख प्रकट गरेका छन् । उनले प्रहरीको गोली लागी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

    श्रेष्ठले तरुण पुस्तामा देखिएको असन्तुष्टि, विरोध र आक्रोशलाई गम्भीरतापूर्वक बुझेर सरकारले त्यसलाई सम्बोधन गर्न जरुरी भएको औंल्याएका छन् । अन्धाधुन्ध बल प्रयोग समाधान होइन, भन्दै उनले दर्जनौँको ज्यान जाने र सयौँ घाइते हुने गरी भएको अत्यधिक दमनको भर्त्सना गरेका छन् ।

    उनले जेन जी आन्दोलनकारीलाई प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन आग्रह गर्दै अवाञ्छित तत्वको घुसपैठप्रति सतर्क रहन विशेष अपील पनि गरेका छन्।

    श्रेष्ठले भनेका छन्,“आजको आवश्यकता नेपाली जनताले बलिदानीपूर्ण सङ्घर्षबाट हासिल गरेका उपलब्धिहरूको रक्षा गर्नु हो। संविधानलाई सकारात्मक संशोधन गर्दै प्रणालीलाई सुदृढ पार्नु, राज्यका अंगहरूको पुनःसंरचना र रुपान्तरण गर्नु, राजनीतिक शुद्धिकरण अभियान चलाएर राजनीति सफा गर्नु, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्नु र समृद्धिको दिशामा गुणात्मक फड्को मार्नु नै हाम्रो सामूहिक कार्यभार हो।”

    उनले सबै राजनीतिक दल, नेतृत्व र नागरिक समाजलाई यही लक्ष्यलाई केन्द्रबिन्दु बनाएर एकताबद्ध भई अघि बढ्न आह्वान गरेका छन्।

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १७:३५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij