Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

घाइते २१६ प्रदर्शनकारी उपचाररत, कुन अस्पतालमा कति?

घाइते २१६ प्रदर्शनकारी उपचाररत, कुन अस्पतालमा कति?


  • 421
    Shares

    घाइते २१६ प्रदर्शनकारी उपचाररत, कुन अस्पतालमा कति?
    images

    काठमाडौं ।  काठमाडौंमा भएको जेनजी प्रदर्शनमा २१६ जना भन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका सरकारी र निजी गरी ७ अस्पतालमा २१६ जना बढी घाइतेहरूको उपचार भइरहेको छ। घाइतेमध्ये २२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ। 

    मन्त्रालयमा अनुसार सबै भन्दा बढी निजामति कर्मचारी (सिभिल) अस्पतालमा १ सय जना घाइतेहरूको उपचार भइरहेको छ। ट्रमा सेन्टरमा ५० जनाको उपचार भइरहेको छ, ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ।  

    एभरेष्ट अस्पतालमा ३४, पाटन अस्पतालमा ४ जना गम्भीर घाइते छन्। काठमाडौँ मेडिकल कलेज (केएमसी)मा ४१ जनाको उपचार भइरहेको छ। केएमसी अस्पतालमा उपचाररत ८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।

    त्रिवि शिक्षण अस्पतालमा २४ जना घाइतेमध्ये ८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ।

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १७:३१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij