Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

रुपन्देहीमा कर्फ्यु आदेश जारी

रुपन्देहीमा कर्फ्यु आदेश जारी


  • 1.0K
    Shares

    • images
    रुपन्देहीमा कर्फ्यु आदेश जारी

    काठमाडौं । जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल-भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न आज दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ। 

    जिल्ला प्रशासन कार्यालयका अनुसार, प्रमुख जिल्ला अधिकारी ९सीडीओ० टोकराज पाण्डेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क ले दिएको अधिकार प्रयोग गरी यो कदम चालेका हुन्।

    प्रशासनले जारी गरेको सूचनाअनुसार, कर्फ्युको समयमा तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। यो आदेश तत्काल लागू हुनेगरी जारी गरिएको हो।

    प्रमुख जिल्ला अधिकारी पाण्डेले स्थानीय शान्ति सुरक्षा तथा सार्वजनिक हितका लागि यो आदेश जारी गर्नुपरेको बताएका छन् । पछिल्लो समयमा बढ्दो असहज परिस्थितिलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो।

    नागरिकहरूलाई तोकिएको समयभित्र घर बाहिर ननिस्कन र प्रशासनको आदेशको पालना गर्न आग्रह गरिएको छ। कर्फ्युको पालना नगर्ने व्यक्तिलाई कानुन अनुसार कारबाही हुने पनि प्रशासनले जनाएको छ।

    viber_image_2025-09-08_16-07-09-099

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १६:३४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij