२०८२ भाद्र २३ गते सोमवार
काठमाडौं । सामाजिक सञ्जाल निष्क्रियको विरोधमा झापाको दमकमा ‘जेनजी’ पुस्ताको प्रदर्शन उग्र बनेपछि सोमबार दिउँसो प्रहरीले हवाईफायर गरेको छ । त्यसक्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।
दमक नगरपालिका कार्यालयअगाडि युवाले आगजनी प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको थियो । प्रदर्शनकारीले नगरपालिका परिसरमा एक सरकारी र एउटा निजी मोटरसाइकलमा आगजनी गरेका छन् । उनीहरूले प्रहरीमाथि ढुंगामुढा पनि गरेका थिए ।
प्रदर्शन उग्र बनेपछि हवाईफायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बूले बताए का छन्। ढुंगामुढाका क्रममा केही प्रदर्शनकारी र प्रहरी पनि घाइते भएका छन् । दमकको अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको एसपी लिम्बूले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij