Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

दबाब र प्रभावमा नपरी निष्पक्ष काम गर्छु : सभापति खतिवडा

दबाब र प्रभावमा नपरी निष्पक्ष काम गर्छु : सभापति खतिवडा


  • 113
    Shares

    दबाब र प्रभावमा नपरी निष्पक्ष काम गर्छु : सभापति खतिवडा
    images

    काडमाडौं । संसदीय सुनुवाइ समिति ९संयुक्त०का सभापति रामहरि खतिवडाले आफूले कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष ढंगले काम गर्ने बताएका छन् ।

    सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति खतिवडाले आफू राज्य व्यवस्था समिति सभापति हुँदाखेरि पनि उल्लेख्य काम गरेको बताए ।

    ‘म राज्य व्यवस्था समिति सभापति हुँदा पनि सम्झन लायक र उल्लेख्य काम गरेको थिए,’ खतिवडाले भने, ‘काम गर्दागर्दै एउटा प्राविधिक मिस्टेक भयो । त्यसमा नैतिकताको जिम्मेवारी लिँदै मैले पदबाट राजीनामा दिए । संसदीय सुनुवाइ समितिमा पनि सम्झन लायक काम गर्छु ।’

    संसदीय समिति रबर स्ट्याम्प मात्रै भयो भन्ने आएको छ भन्ने सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा खतिवडाले सुधार्न आफूले प्रयास गर्ने बताए । 

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १२:२६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij