Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

प्रचण्डको फेसबुक स्टाटसमा बालेनको कमेन्टः एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

प्रचण्डको फेसबुक स्टाटसमा बालेनको कमेन्टः एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो


  • 400
    Shares

    प्रचण्डको फेसबुक स्टाटसमा बालेनको कमेन्टः एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो
    images

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री हुँदा टिकटक प्रतिबन्ध गरेको स्मरण गराएका छन्। सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि फेसबुकमार्फत प्रचण्डले सोमबार हुन लागेको युवाहरूको प्रदर्शन स्वाभाविक लेखेपछि मेयर बालेनले कटाक्ष गरेका हुन्। 

    प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ।’

    आन्दोलनको श्रेय लिन खोजेपछि प्रचण्डकै फेसबुक स्टाटसमा कमेन्ट गर्दै मेयर बालेनले काम हजुरबाट पनि केहि भएन कमरेड भन्दै व्यङ्ग्य गरेका छन्। उनले प्रचण्ड प्रधानमन्त्री हुँदा एकदिन पनि समय नदिएको उल्लेख गरे। उनले भने, ‘एकादेशमा टिकटक पनि ब्यान भएको थियो । हजुर पीएम हुँदा पनि म मेयर नै थिए, काम हजुरबाट पनि केही भएन कमरेड, मेरो लागि एक दिन दिएको भए म काठमाडौंको खोला नाला फेरि दिन्थे।’

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - ०९:०८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij